Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारी पत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारी पत्रमा हस्ताक्षर

थाइल्याण्ड, २० चैत्र । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएका हुन् ।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ती समझदारी पत्रमा हस्ताक्षर गरेकी छिन् । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृति सम्बन्धी समझदारी पत्रमा संस्कृति मन्त्री सुदावान वाङसु फाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटनतथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफकमर्स एण्डबोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो ।

दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमाआज बैङ्ककमा भएको समझदारी पत्रमा नेपाल उद्योग वाणिज्यम हासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडकाअध्यक्ष साननअङगु बोल्कुलले हस्ताक्षर गरे ।
यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

त्यस्तै नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घ, नेपाल चेम्बर अफकमर्स र थाइल्याण्डको पर्यटन परिषद्हबीच हस्ताक्षर  भएको छ । काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *