Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनएमबि बैंकको साधारण सभा साउन ३१ गते

एनएमबि बैंकको साधारण सभा साउन ३१ गते

काठमाडौं, १० साउन । एनएमबि बैंक लिमिटेडले आर्थिक बर्ष २०७३÷७४ को बार्षिक साधारण सभा आह्वान गरेको छ । निकै ढिला गरि बैंकले साउन ३१ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।

साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा दिउँसो साढे २ बजे २२ औं बार्षिक साधारण सभा आह्वान गरेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोके अनुसारको न्यूनतम चुक्ता पूँजी समयमा नै कायम गर्न नसक्दा साधारण सभा लम्बिएको हो । बैंकले एफपिओपश्चात कायम चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पारित गर्देछ । बैंकले साधारण सभाका लागि साउन १७ गते विहीबारदेखि सेयरधनी किताब बन्द गर्दैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x