Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

ट्रम्पको व्यापार युद्धको असर: एसियाली सेयर बजारमा ठूलो गिरावट, जापानको निक्केई ८ प्रतिशथ भन्दा बढी घट्यो

ट्रम्पको व्यापार युद्धको असर: एसियाली सेयर बजारमा ठूलो गिरावट, जापानको निक्केई ८ प्रतिशथ भन्दा बढी घट्यो

काठमाडाैं, २५ चैत्र ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण एसियाली सेयर बजारमा ठूलो उतारचढाव आएको छ। ट्रम्पले आगामी अप्रिल २ तारिखदेखि चीनबाट आयात हुने २०० अर्ब अमेरिकी डलर बराबरका सामानमा थप कर लगाउने योजना सार्वजनिक गरेपछि विश्वभरि आर्थिक चिन्ता बढेको छ। यस घोषणासँगै हङकङ, शाङ्घाई, सिंगापुर, ताइपेई लगायतका प्रमुख एसियाली सेयर बजारमा गिरावट आएको छ।

विशेषगरी, जापानको निक्केई सेयर बजारमा ८ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ। यसले जापानको आर्थिक वृद्धिदरमा पनि असर पुर्याएको छ। सन् २०२४ को चौथो त्रैमासिकमा जापानको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ०.१ प्रतिशत मात्र वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १.५ प्रतिशतको तुलनामा निकै कम हो।

ट्रम्पको व्यापार नीति र आयात शुल्क वृद्धिका कारण जापानी कम्पनीहरू चिन्तित छन्। यसले जापानको आर्थिक वृद्धिमा थप चुनौती थपेको छ। साथै, एसियाली बजारमा आएको गिरावटले विश्व अर्थतन्त्रमा थप अनिश्चितता सिर्जना गरेको छ।

यस घटनाले नेपालमा पनि असर पुर्याउन सक्छ। नेपालका पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार, यदि अमेरिकी बजारमा कर वृद्धि लागू भएमा त्यसका असर नेपालका निर्यातमा पनि पर्न सक्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x