नेपाली बजारमा विद्युतीय SUV प्रतिस्पर्धा : Deepal S07, Aion V, BYD Atto 3, OMODA र Jaecoo को तुलना

काठमाडाैं, २५ चैत्र । नेपाली विद्युतीय सवारी साधन बजार तीव्र गतिमा अगाडि बढिरहेको छ, जहाँ उपभोक्ताहरूले आ-आफ्ना आवश्यकताअनुसार विभिन्न EV विकल्पहरू छनोट गर्न सक्ने अवस्था बनिरहेको छ। यस प्रतिस्पर्धामा अहिले Deepal S07, Aion V, BYD Atto 3, OMODA र Jaecoo जस्ता कम्प्याक्ट इलेक्ट्रिक SUV मोडेलहरू चर्चाको शिखरमा छन्।
Deepal S07:
नयाँ डिजाइन र प्रविधिसँग सुसज्जित Deepal S07 ले 410–485 किलोमिटरसम्मको WLTP रेञ्ज दिन्छ। 66.8 kWh ब्याट्री, 99 kW मोटर र 320 Nm टर्कसहित, यो SUV मा 15.6 इन्चको स्वाइभल टचस्क्रिन, पानोरामिक सनरूफ र हीटेड-भेन्टिलेटेड सिट उपलब्ध छन्। मूल्य: ७४.९९ लाख रुपैयाँ।
Aion V:
फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक सुविधा बोकेको Aion V ले 650 किलोमिटरको उच्चतम रेञ्ज उपलब्ध गराउँछ। स्मार्ट फ्रिज, फूड वार्मर, म्यासाज सिट, 7 एयरब्याग र 15 इंटेलिजेन्ट ड्राइभिङ फिचरसँग यो SUV आफ्नो श्रेणीमा अग्रणी मानिन्छ। मूल्य: ६४.९९ देखि ६९.९९ लाख रुपैयाँ।
BYD Atto 3:
60.48 kWh ब्याट्री र 100 kW मोटरसहितको Atto 3 ले 420 किलोमिटर रेञ्ज प्रदान गर्छ। यद्यपि यसमा हीटेड सिट वा म्यासाज फिचरहरू छैनन्। यसको मूल्य ६७.८० लाख रुपैयाँ रहेको छ।
OMODA:
OMODA ले 61 kWh ब्याट्री, 99 kW मोटर र 430 किलोमिटरको रेञ्ज दिन्छ। आधुनिक डिजाइन र प्रिमियम इन्टेरियरले यसलाई स्टाइल र मूल्यको हिसाबले राम्रो विकल्प बनाउँछ। मूल्य: ६२.४९ लाख रुपैयाँ।
Jaecoo 6:
135 kW मोटरसहितको Jaecoo 6 ले 426 किलोमिटरको रेञ्ज दिन्छ। 200 mm ग्राउन्ड क्लियरेन्सले अप्ठ्यारा बाटोमा सहज बनाउँछ। मूल्य: ६९.९९ लाख रुपैयाँ।
निष्कर्ष:
यदि तपाईंसँग बजेट, रेञ्ज, रोड कन्डिसन, र इन्टेरियर सुविधा जस्ता पक्षहरू विचार गर्नुपर्नेछ भने Aion V एक उत्कृष्ट विकल्प सावित हुन सक्छ। यसको लामो रेञ्ज, उच्चस्तरीय सुविधा र प्रतिस्पर्धात्मक मूल्यले यसलाई बजारमा अगाडि देखाउँछ।