Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

निलम ढुङ्गाना तिम्सिना कायम मुकायम गभर्नर नियुक्त

निलम ढुङ्गाना तिम्सिना कायम मुकायम गभर्नर नियुक्त

काठमाडाैं, २५ चैत्र । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई उक्त जिम्मेवारी तोक्नु भएको हो।

ढुङ्गाना तिम्सिना हालसम्म राष्ट्र बैंकको उच्च पदमा रहेर आर्थिक नीतिगत कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन्। गभर्नर पद खाली भएपछि ऐनअनुसार वरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको कार्यवाहक जिम्मेवारी दिने प्रावधानअनुसार तिनलाई नियुक्त गरिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x