Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन, यी हुन प्रदर्शन हुने क्षेत्रहरु

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन, यी हुन प्रदर्शन हुने क्षेत्रहरु

काठमाडौं, २६ चेत्र । आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।

मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने भएका छन् ।

यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x