Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति

हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति

काठमाडौं, २८ चैत्र। वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार बुधबार (चैत २७) सम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कुल ३८१ जनाले अनुमति पाएका हुन् ।

विभागका निर्देशक आरती न्यौपानेका अनुसार, सगरमाथा आरोहणका लागि मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कुल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् ।

यस्तै, अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६, आमादब्लाममा चार समूहका ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x