सेयर बजारमा हल्का ओरालो, कारोबारमा उत्साहजनक वृद्धि– ५ अर्ब ६३ करोडको किनबेच

काठमाडाैं, २८ चैत्र । नेपालको सेयर बजारमा आज (बिहिबार) झिनाे गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा बन्द भएको छ। यो गिरावट ०.२० प्रतिशतको हो।
आजको कारोबारमा कुल ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर किनबेच भएका छन् । बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ नाघेको छ भने १ करोड ७३ हजार ८२२ कित्ता सेयर किनबेच भएकाे थियाे ।
बजारमा आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ, भने १३१ कम्पनीको सेयर घटेको छ र १ कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने नेपाल माइक्राे इन्सुरेन्स कम्पनि र क्रेष्ट माइक्राे लाइफ इन्सुरेन्स कम्पनि काे सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।