Date

सोम, बैशाख १, २०८२
Mon, April 14, 2025

लेमन ट्री प्रिमियर होटलको प्रथम वार्षिकोत्सव भव्य सांस्कृतिक माहोलमा सम्पन्न

लेमन ट्री प्रिमियर होटलको प्रथम वार्षिकोत्सव भव्य सांस्कृतिक माहोलमा सम्पन्न

काठमाडाैं, ३१ चैत्र । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले आफ्नो प्रथम वार्षिकोत्सव शुक्रबार साँझ एक भव्य सांस्कृतिक समारोहका साथ सम्पन्न गरेको छ। ‘नेपाली सांस्कृतिक विविधता र आतिथ्य संस्कृतिको सम्मान’ भन्ने मूल उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू मार्फत नेपाली पहिचानलाई उजागर गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठित अतिथि, साझेदार संस्था, होटलका कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लोक नृत्य, शास्त्रीय संगीत तथा परम्परागत कलात्मक प्रस्तुतिहरूले कार्यक्रममा विशेष रङ भरे। दर्शकहरूले ती प्रस्तुतिबाट नेपाली संस्कृतिप्रति गर्व र सम्मानको अनुभूति गरेका थिए।

होटलले पहिलो वर्षको यात्रामा नेपाली सांस्कृतिक सम्पदा र आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको सहभागीहरूले बताएका छन्। होटलले स्थानीय समुदायसँगको सहकार्य, उच्चस्तरीय सेवा र सांस्कृतिक जागरुकता कायम राख्दै आएको पनि उनीहरूले प्रशंसा गरे।

होटलका प्रवक्ताले कार्यक्रममा भने, “यो वार्षिकोत्सव केवल उत्सव मात्र होइन, नेपाली hospitality को विश्वव्यापी पहुँच सुनिश्चित गर्ने हाम्रो दीर्घकालीन यात्राको पहिलो खुड्किलो हो।”

बुढानीलकण्ठ मन्दिरको छेउमै अवस्थित यस होटलले आन्तरिक तथा विदेशी पर्यटकलाई शान्त वातावरण, समृद्ध सांस्कृतिक अनुभव र आधुनिक सेवा प्रदान गर्दै आएको छ। होटल व्यवस्थापनले आगामी वर्षहरूमा थप नविन कार्यक्रम तथा सेवा विस्तारमार्फत पाहुनाहरूको अनुभवलाई अझ सशक्त बनाउने योजना पनि सार्वजनिक गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x