Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बंगलादेशद्धारा नेपालकाे धागाे र आलु आयातमा प्रतिबन्ध, घरेलु उद्योग संरक्षणमा जोड

बंगलादेशद्धारा नेपालकाे धागाे र आलु आयातमा प्रतिबन्ध, घरेलु उद्योग संरक्षणमा जोड

काठमाडाैं, ५ वैशाख ।  बंगलादेश सरकारले नेपालमा उत्पादन भएका धागाे र आलुकाे आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ। बंगलादेशकाे राजस्व बाेर्ड (एनबीआर) ले भन्सार ऐन २०२३ को धारा ८९१० अनुसार नेपाल र भुटानमा उत्पादन तथा प्रशोधन गरिएका केही वस्तुहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

एनबीआरले जारी गरेकाे सूचनामा धागाे र आलुसहितका खाद्य तथा अन्य उद्योगसम्बन्धी वस्तुहरू अबदेखि नेपाल र भुटानबाट बंगलादेश भित्र्याउन रोक लगाइने उल्लेख छ। यद्यपि, अन्य वस्तुहरूको निर्यात भने यथावत् रहनेछ।

यसैबीच, भारतबाट आयात हुने वस्तुहरूमा झनै कडा प्रतिबन्ध लगाइएको छ। राजस्व बोर्डका अनुसार, घरेलु उद्योगलाई संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। भारतबाट आयात हुने डुप्लेक्स बोर्ड, समाचार कागज, क्राफ्ट पेपर, चुरोट पेपर, रेडियो तथा टेलिभिजन पार्ट्स, साइकल र मोटरसाइकल पार्ट्स, फर्मिका सिट, सिरेमिक तथा स्यानिटरी सामग्री, स्टेनलेस स्टिल, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडाहरूमा समेत प्रतिबन्ध लगाइएको छ।

खाद्य सामग्रीतर्फ माछा, पाउडर दूध, धागाे, आलु र चुरोटजस्ता वस्तुहरूको पनि आयात रोकिएको छ।

भन्सार स्रोतका अनुसार, बंगलादेश सरकारले यस्तो कदम घरेलु उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन तथा पुनःनिर्यात (re-export) र मार्ग परिवर्तन (re-routing) जस्ता अवैध गतिविधि रोक्नका लागि चालेको हो।

विशेष गरी वस्त्र, कागज, सिरेमिक, खाद्य प्रशोधनजस्ता उद्योगमा बंगलादेशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन रणनीति अन्तर्गत यो नीति लागू गरिएको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x