शेर बहादुर स्वदेश फर्के पछि गभर्नर नियुक्ति हुन्छ : मन्त्री गुरुङ

काठमाडौ, १० वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाई हुने भएको छ ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । मन्त्री गुरुङले गभर्नर नियुक्तिको विषयमा प्रधानन्त्रीको पनि चासो रहेकोले दुई शीर्ष नेताको समझदारी पछि पूर्णता पाउने स्पष्ट पारे ।
सत्ताधारी दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति अनुसार गभर्नर कांग्रेसले रुचाएको व्यक्ति हुने समाचार यस अघि नै बाहिर आइसकेको छ । सोही अनुरुप गभर्नर बन्ने आसामा नेपाल राष्ट्र बैंकका बन्न कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका थिए् ।
उनको राजीनामा पछि गभर्नर बन्ने समाचार बाहिरिएसँगै भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।