निर्यातमूलक उद्योग स्थापनामा लाग्न ब्यावसायीलाइ मन्त्री विष्टको आग्रह
मोरङ,१७ साउन । श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निर्यातमूलक उद्योग स्थापनामा लाग्न ब्यावसायीलाई आग्रह गर्नु भएको छ ।
युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वाले गरेको ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा निर्यातमूलक उद्योग स्थापनामा जोड दिन आग्रह गर्नु भएको हो ।
मन्त्री विष्टले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै प्रत्येक वर्ष पाँच लाख युवाका लागि राजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।