Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्योगले गरेका बार्षिक कारोवारको विवरण अब अनलाइनमा

उद्योगले गरेका बार्षिक कारोवारको विवरण अब अनलाइनमा

काठमाडौं,१७ साउन ।  अब देखि सवै उद्योगहरुले आफ्नो बार्षिक कारोवार अनलाइन मार्फत पेश गर्नु पर्ने भएको छ । ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नु पर्ने त्यसो नगरिए जरिवाना तिर्नु पर्ने भएको छ  ।

तोकिएको समयमा विवरण पेश नगर्ने लघु उद्योगीलाई प्रतिवर्ष रु पाँच हजार, घरेलु उद्योगलाई रु १० हजार, साना उद्योगलाई रु २० हजार, मझौला उद्योगलाई रु ४० हजार र ठूला उद्योगलाई रु ५० हजार जरिवाना गरिने उद्योग विभागले जनाएको छ ।

औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कारोबारको विवरण अनलाइनमार्फत् पेश गर्न सकिने प्रावधानअनुसार विभागले सबैलाई वेभसाइटमा रहेको फारम भरेर अनलाइनमार्फत् विवरण पेश गर्न आग्रह गरेको छ । “अनलाइनमार्फत उद्योग विवरण पेश गर्दा कति उद्योग सञ्चालनमा आएका छन्, के कस्ता वस्तुको उत्पादन तथा सेवा उपलब्ध भइरहेका छन् विषयहरु समावेश गर्नु पर्ने भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x