रोटरी काठमाण्डौ हेरिटेजद्धारा नि: शुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौँ, १९ वैशाख । रोटरी काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाण्डौंको गुहेश्वरी स्थितबाल सारथी एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका बिद्यार्थीहरु र स्थानियहरु सहित २५० जनाले निशुल्क स्वास्थ्य जँंच गराउनुको साथै उनीहरुलाई निःशुल्क औषधीहरु समेत बितरण गरिएको थियो ।
शिविर आयोजना गर्नको लागि शान्ति सेवा गृहले डाक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो । रोटरी क्लबअफ काठमाण्डौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमाकुमारी अधिकारीको अध्यक्षताका सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेले गरका थिए भने कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष हरि पाण्डेज्यू प्रमुख अतिथी थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिबडा. बुद्धि मल्लले गरेका थिए ।
कार्यक्रममा सेवाग्राहीहरुको निःशुल्क रक्त परिक्षण, स्वास्थ परिक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य बिभिन्न किसिमका रोगहरुको निशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ्य परिक्षण गरिएकाहरुलाई निःशुल्क जुकाको औषधी, लिटो, सातु, दन्तमन्जन, ब्रश तथा अन्य बिभिन्न औषद्यीहरु उपब्ध गराईएको थियो ।
क्लबले यस अघिक्यान्सर सचेतना तथा अर्काे क्लबसंग मिलेर संयुक्त रुपमा निशुल्क स्वास्थ शिविर आयोजना गरिसकेको छ ।