साउदी अरविया जुबेलमा नेपाल म्युजिक फेस्टिवल २०२५ हुदै

काठमाडौँ, १९ वैशाख । नेपाली कला संस्कृतिको उत्थान तथा पाँचथर हिलिहाङ्ग गाउँपालिकाको यवा मार्गको स्तरोन्नतिको लागि के.आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको जुबेलमा साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संचालक श्रीप्रसाद यवाका अनुसार कार्यक्रम अल हुमैदान हल (लुलु हाईपर मार्केटको पछाडि पट्टी) मा स.चालन हुनेछ । कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम को साथमा प्रिती पासवान नृत्य रहने छ ।
बिगत १५ बर्ष देखि साउदी अरेबियाको जुबेलस्थित आफ्नो रेस्टुरेन्ट के. आई., हिमालयन किचन, के. आई., फेन्सी, के. आई, ट्राभलको व्यबसाय गर्दै आएका के.आई. ग्रुपका अर्का संचालक ओम प्रसाद फुयाँल तथा ईश्वर काप्रीका अनुसार सामाजिक कामहरूमा समेत संस्था सक्रिय रहेको छ। कार्यक्रमको संयोजन देव धिमालले गरेका छन ।
पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिकाको यवा मार्गको १० किलोमिटर बाटो आफ्नै ब्यक्तिगत लगानीमा बनाएका श्री प्रसाद यवाले यस्ता कार्यक्रमहरुबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेका छन् ।
उनका अनुसार कार्यक्रमको टिकट साउदी अरबको जुबेल, दमाम, र खोबरको नेपाली सम्पूर्ण होटलहरुमा उपलब्ध गराइएको छ ।