Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ बैंकको संचालन मुनाफा १ अर्व २ करोड

मुक्तिनाथ बैंकको संचालन मुनाफा १ अर्व २ करोड

काठमाडौं, १८ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ। त्यस्तै सो अवधीमा बैंकले ३० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरि २५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३३ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ ।

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै चालु आर्थिक वर्षमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकको लक्ष्य छ । हाल बैंकले ९५ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x