Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधान न्यायाधीशमा जोशीको अनुमोदन अन्योलमा 

प्रधान न्यायाधीशमा  जोशीको अनुमोदन अन्योलमा 

काठमाडौं,१८ ।  सर्वोच्व अदालतको प्रधान न्यायाधीशमा सिफारिस दिपकराज जोशीको नाम अनुमोदन गर्न पटक पटक बसेका बैठक विगत केही दिन यता निर्णयमा पुग्न नसकि स्थगीत हुँदै आएको छ ।  अनुमोदनका लागि यसअघि बसेका तीन बैठक स्थगनपछि आज पुनः पनि बैठक बोलाइएको छ ।

जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

उनको सुनुवाई सम्पन्न भएपनि प्रमाणपत्रलगायतका विवादमा मुछिएपछि अनुमोदनमा अन्योलता देखिएको हो जोशीलाई अस्वीकृत गर्ने पक्षमा सत्तारुढ दल रहेको छ यसमा आज पनि विगतका बैठकमा जस्तै निर्णय प्रक्रियामा कांग्रेसले अल्झाइरहे जोशी विरुद्ध महाभियोगको प्रस्ताव ल्याउने मूडमा सत्ता पक्ष देखिएको छ ।

यसैबीच  सत्तारुढ दलका सांसद तथा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि   चौतर्फी विवाद देखिएकाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिन सुझाव दिएको समाचारहरु बाहिर आएका छन् तर  तर जोशीले त्यसालइ खण्डन गर्दै आएका छन् । उनले संसदीय समितिलाइ नै प्रभाव पार्ने गरी बोल्दै नबोलेका हुँदै नभएका विषयमा  भएका यस प्रकारका निराधार प्रचार बाजीले न्यायलयको गरिमा असर पुर्याएको  उनको भनाइ छ ।

जोशीको सुनुवाइ साउन १० गते भएको थियो ।  समितिमा जोशीविरुद्ध उनले जारी गरेका आदेश र शैक्षिक योग्यताको विषय उठाएर ५ वटा उजुरी दर्ता भएका थिए ।

सुनुवाइका क्रममा समितिका सदस्य (सांसद)हरुले जोशीलाई ‘सरकारी जग्गा व्यक्तिलाई दिने’ गरी आदेश जारी गरेको, एसएलसीको प्रमाणपत्र नक्कली भएको, छोराको विहे भोजमा आचारसंहिता उल्लंघन गरेको लगायत विषयमा प्रश्न सोधेका थिए । जवाफमा जोशीले आफूप्रति लगाएका सबै आरोप गलत भएको सबै प्रश्नको जवाफ १३ मिनेटमा दिएर भ्याएका थिए । दोस्रो दिन (शुक्रवार) बस्ने भनेर बिहीवारको बैठक स्थगित भएपनि त्यसपछि सोमवार मात्रै सुनुवाइ समितिको बैठक बस्यो । तर सोमवारको बैठकमा पनि जोशीको सुनुवाइबारे कुनै निर्णय हुन सकेन । त्यसपछि पुन बुधबार बैठक बसेपनि आजसम्मका लागि बैठक स्थगन गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x