Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्ने

सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्ने

काठमाडौं,१८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न आजबाट उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ ।

मन्त्री पुनले हरेक शुक्रबार एक घण्टा जनताका गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा टेलिफोन संवाद गर्नुहुने कार्यक्रम छ ।

मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x