दुबै देशका चेम्बरमा भारत–नेपाल सेन्टर’
काठमाडौं, १९ साउन । नेपालमा र भारतका दुवै देशका चेम्बरमा ‘भारत–नेपाल सेन्टर’को स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सेन्टरको स्टेरिङ कमिटिमा पीएचडी चेम्बरका तर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गर्नुहुनेछ ।
समितिले पूर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि आदिमा दुई मुलुकबीच आर्थिक सदृढीकरण गर्ने लक्ष्य राखेको छ । भारत–नेपाल केन्द्रले आगामी दिनका योजना तय गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धमा कार्यक्रम गर्नेलगायत कम्तीमा वर्षमा एउटा ‘मेगा’ कार्यक्रम गर्ने योजना राखेको छ ।