Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल बीच “MAN – Citizens Aspiring Manager Award” का लागि सम्झौता

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल बीच “MAN – Citizens Aspiring Manager Award” का लागि सम्झौता

काठमाडाैं, २५ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (MAN) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि. . मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने प्रोत्साहन दिने उद्देश्यले MANCitizens Aspiring Manager Awardको स्थापना गर्ने सहमति भएको आज मिति २५।०१।२०८२ का दिन MAN को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल MAN का अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरेका छन्

यो पुरस्कार पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने पुरस्कारको रकम रु ५१,००० (एकाउन्न हजार रुपैयाँ) हुनेछसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारीको समिति गठन गरि उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ पुरस्कार हरेक वर्ष माघ महिनामा MAN को म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको । 

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड( भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., विस्तारित काउन्टर ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको । 

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *