Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ खिच्ने राष्ट्र बैंक, २१ दिने निक्षेप संकलन आजै

बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ खिच्ने राष्ट्र बैंक, २१ दिने निक्षेप संकलन आजै

काठमाडाैं, ४ जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा थपिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आजै अर्थात् जेठ ४ गते मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत यो निक्षेप संकलन गरिनेछ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

बोलकबोल प्रक्रियामा न्यूनतम १० करोड रुपैयाँको र अधिकतम पाँच करोड रुपैयाँको गुणनमा रकम बोल गर्न सकिने व्यवस्था गरिएको छ। निक्षेपको सावाँ र ब्याज भुक्तानी आगामी जेठ २५ गते गरिनेछ।

निक्षेप संकलनमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो ब्याजदरको प्रस्ताव राख्न पाउनेछन्। राष्ट्र बैंकले बहुब्याजदरमा पनि बहुबोलकबोलको व्यवस्था गरेको छ। यसर्थ, निक्षेप संकलनको अन्तिम ब्याजदर बोलकबोलको आधारमा निर्धारण हुनेछ।

यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न विभिन्न समयमा निक्षेप संकलन गरेको थियो। हाल बैंकिङ प्रणालीमा तरलता धेरै भएकाले सोही व्यवस्थापनका लागि यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *