Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

पोखरा विमानस्थलसम्बन्धी लेखा समितिको प्रतिवेदनबारे के भन्छ चिनियाँ ठेकेदार कम्पनी ?

पोखरा विमानस्थलसम्बन्धी लेखा समितिको प्रतिवेदनबारे के भन्छ चिनियाँ ठेकेदार कम्पनी ?

काठमाडाैं, ६ जेष्ठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कं, लिमिटेड (क्याम्सी) ले हालै सार्वजनिक भएको संसदीय लेखा समितिको प्रतिवेदनलाई “त्रुटिपूर्ण” र “हचुवा” भन्दै कडा प्रतिवाद गरेको छ।

विमानस्थलको वित्तीय र सञ्चालन पक्षको बारेमा चलिरहेको छानबिन र बहसका बीचमा ठेकेदार कम्पनीकाे यस्ताे जवाफ आएकाे हाे । राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रतिवेदन दिएको थियो ।

जारी प्रेस विज्ञप्तिमा, क्याम्सीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको निष्कर्षहरूलाई प्रमाणित गर्न चुनौती समेत दिएको छ ।

प्रतिवेदन “भ्रामक, गलत र ठोस प्रमाणको सट्टा अनुमानमा आधारित” रहेको दाबी गरिएको छ । कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परियोजना सम्झौता, अन्तर्राष्ट्रिय मापदण्ड र नेपाली कानूनको पूर्ण पालना गरी कार्यान्वयन गरिएकोमा जोड दिएको छ।

साथै सबै आवश्यक अध्ययन, डिजाइन, खरिद र निर्माण कार्यहरू सावधानीपूर्वक र पारदर्शी रूपमा सम्पन्न भएकोमा जोड दिएको छ। परियोजनाको वित्तीय व्यवस्था, विशेष गरी ऋण, उचित सरकार-सरकार च्यानलहरू मार्फत सहजीकरण गरिएको थियो र सम्बन्धित नेपाली अधिकारीहरूले अनुमोदन गरेकाे पनि उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *