Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

ब्ल्याकभ्यू ट्याब मेगा २ नेपालमा सार्वजनिक, के छन् विशेषता ?

ब्ल्याकभ्यू ट्याब मेगा २ नेपालमा सार्वजनिक, के छन् विशेषता ?

काठमाडौं, ६ जेष्ठ । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ ।

ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडीप्ल्स आईपीएस डिस्प्ले रहेको छ । जसले १२ सय ह २ हजार पिक्सेल रिजोलुसन र ६० हट्र्ज रिफ्रेस रेट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित छ भने यसमा ८ जीबी वा १२ जीबी र्यामका साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ । स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिने कम्पनीको भनाई छ ।

यो ट्याब्लेटमा ९ हजार एमएएचको ब्याट्री छ भने जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने छ । यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश रहेको कम्पनीको भनाई छ ।

ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ भने जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्ने पनि कम्पनीको भनाई रहेको छ । यसमा डुअल–बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिम स्लट पनि समावेश छन् ।

नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिने कम्पनीको भनाई छ ।

उक्त ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त हुने ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिको भनाई छ । ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *