नेपाल इन्स्योरेन्सलाई ६५ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडाैं, ८ जेष्ठ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ। कम्पनीले कुल ६५ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।
सेबोनले कम्पनीलाई हाल कायम चुक्तापूँजीको अनुपातमा १ः१ को दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। यसअनुसार, कम्पनीले एक सेयर बराबर थप एक सेयरको अनुपातमा नयाँ सेयर जारी गर्नेछ।
नेपाल इन्स्योरेन्सले हकप्रद सेयर जारी गरेर आफ्नो चुक्तापूँजी वृद्धि गर्ने र वित्तीय सुदृढता कायम गर्ने योजना बनाएको छ। कम्पनीको हालको चुक्तापूँजी अनुसार, यस हकप्रदबाट ६५ करोड ७६ लाख रुपैयाँ बराबरको पूँजी संकलन हुने अनुमान गरिएको छ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री व्यवस्थापनको जिम्मा नेपाल एसबी सेक्युरिटिज लिमिटेडले पाएको छ। अब कम्पनीले नियामकीय प्रकृयाहरू पुरा गरेर निश्चित मितिमा हकप्रद सेयर आवेदन खुलाउनेछ।