Date

बिहि, जेष्ठ ८, २०८२
Thu, May 22, 2025

वितरणमुखी भन्दा विकासमैत्री बजेट बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

वितरणमुखी भन्दा विकासमैत्री बजेट बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं, ८ जेष्ठ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योग व्यवसायको विस्तरमा प्रमुख बाधकको रूपमा रहेको नीतिगत अस्थिरता अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयको विषयमा भएको छलफल यस्तो बताएका हुन्।

उनले राजनीतिक अस्थिरतासँगै देशमा नीतिगत अस्थिरता भएको भन्दै अब नीतिगत स्थिरतालाई प्राथमिकता दिनुपर्ने बताए। उनले धेरै मुलुकले राजनीतिक अस्थिरता हुँदा पनि नीतिगत स्थिरता कायम गरेको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण आगामी बजेटले गर्नुपर्ने बताए । उनले नेपालको आर्थिक विकासको बाधकको रूपमा मुख्य नीतिगत अस्थिरता रहेको भन्दै बारम्बार सरकार परिवर्तन भइरहने कारणले गर्दा नीतिहरू पनि परिवर्तन भइरहेको जसले गर्दा लगानीकर्ताहरूमा अन्योल छाएको बताए।

उनले भने- ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत रहेको तर, नीतिगत अस्थिरताका कारण निजी क्षेत्रको मनोबल घटेको छ ।’ उनले आगामी दशकलाई लगानी दशकको रूपमा घोषणा गर्नुपर्ने बताए

सार्वजनिक सेवा सुधार सम्बन्धी धेरै कानुनहरू नेपाल संशोधन ऐनले हालै परिमार्जित गरेको बन्दै भूमि, वन, वातावरण, सार्वजनिक खरिद, खनिज र जलविद्युत लगायतका कानुनहरूमा सुधार गर्नुपर्ने बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *