५० हजार भन्दा बढी घरसारमा तयार भएको लिखत स्थानीय तहबाट प्रमाणित गर्नुपर्ने

काठमाडौं,२५ साउन ।  तपाई कसैलाई ५० हजार भन्दा बढीको ऋण दिदै हुनुहुन्छ वा कसैबाट लिदै हुनुहन्छ भने अबदेखि स्थानीय वडा कार्यालयमा त्यसको रेकर्ड  राख्नु पर्ने भएको छ । यदी स्थानीय तहमा रेकर्ड नराखी कारोवार गर्नु भयो र पछि त्यो रकम फिर्ता नभएर अदालत जानु परेमा स्थानीय तहमा रेकर्ड नभएको उक्त लिखतलाई अदालतले मान्यता दिने छैन । यही भदौ १ गते बाट लागु हुने नयाँ मुलुकी सहिता अनुशार अब पचास हजार रुपैयाँ भदा बढी रकम लेनदेन गरी घरसारमा तयार भएको लिखत स्थानीय तहबाट प्रमाणित गराउनु पर्ने भएको हो ।

यसै गरी नयाँ नयाँ मुलुकी संहिताले अनुमति बिना कसैको तस्वीर खिचेमा वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको ब्ययवस्था गरेको छ ।यस्तै कसै एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाएमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै हुने ब्यवस्था गरेको छ ।

नयाँ सहितामा टेलिफोन एस एम एस माध्यबाट कसैलाइ सताउने हैरानी दिने पनि कारवाहीको दायारमा ल्याइएको छ ।  कसैले कसैको परिचय दिइ वा नदिइ कसैलाइ छल्ने धोका दिने र हैरानी पार्ने गरेमा त्यस्तो कसुर गर्ने ब्याक्तीलाइ दुइ बर्ष सम्म कैद वा विसहजार वा दुवै सजाय हुने ब्यवस्था सहिताले गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *