Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल र बंगलादेशबीच उर्जा सम्झौता

नेपाल र बंगलादेशबीच उर्जा सम्झौता

काठमाडौं, २५ साउन । नेपाल र बंगलादेशबीच उर्जा सहयोग समझदारीमा अहिले हस्ताक्षर हुन लागेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी नसरुल हमिदले उर्जा सहयोग समझदारीमा हस्ताक्षर गर्दैछन् । यो समझदारीले उर्जाका क्षेत्रमा द्विपक्षीय सहयोगलाई प्रगाढ बनाउन र थप अवसरहरुका सम्बन्धमा गृहकार्य गर्न दुई देशका उर्जा सचिवको नेतृत्वमा निर्देशक समिति र दुवै देशका उर्जा मन्त्रालयका सहसचिवहरुको नेतृत्वमा कार्यदल गठन गरी आपसी सहयोग, समन्वय र लगानीका सम्बन्धमा काम अघि बढाउने उर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

नेपाल र बंगलादेशबीच उर्जामा सहयोगका लागि लामो समयदेखि छलफल हुँदै आएको भएपनि पहिलो पटक समझदारीमा छलफल हुन लागेको हो । द्विपक्षीय संयन्त्र निर्माणले उर्जा सहयोगलाई प्रगाढ बनाउने अपेक्षा गरिएको छ । नेपाल र बंगलादेशबीच उर्जा सहकार्यको विषय सन् २०१४ मा भारत र नेपालबीच विद्युत् खदिर सम्झौता पछि थप पेचिलो बनेको हो । नेपाल र बंगलादेशबीच उर्जा सहयोगलाई मूर्त रुप दिन नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय साझेदारी हुन आवश्यक छ । नेपाल र बंगलादेशबीच उर्जा व्यापार सम्झौताका लागि भारतीय सहयोग अपरिहार्य हुन्छ । भारतीय पावर ग्रीडको उपयोगका लागि त्रिपक्षीय साझेदारीले उपक्षेत्रीय उर्जा व्यापार अघि बढ्न सक्छ । नेपाल र भारतबीच तथा भारत र बंगलादेशबीच द्विपक्षीय उर्जा व्यापार हुँदै आएको छ, यसका लागि अन्तरदेशीय प्रसारणलाइन पूर्वाधार सुविधा उपलब्ध रहेकाले भविष्यमा नेपाल र बंगलादेशबीच उर्जा व्यापार सम्झौता अघि बढ्न सक्ने विज्ञहरु औंल्याउँछन् ।

त्यस्तै, माथिल्लो कर्णाली आयोजना विकासकर्ता जीएमआरले पनि बंगलादेशमा विद्युत् बेच्ने समझदारी गरिसकेको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको गत वर्षको भारत भ्रमणको क्रममा यो समझदारी भएको थियो । यसले पनि नेपाल बंगलादेश र भारतबीच उर्जा व्यापारका लागि बाटो खुल्ने बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x