रिलायबल लाइफद् ३ातक रोग वापत रु.द्दरिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा कलेजो प्रत्यारोपणमा सहयोगस्वरूप रु. १५ लाख बीमा दाबी भुक्तानीण् लाख बीमा दाबी भुक्तानी

काठमाडौं, ९ जेष्ठ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कलेजो सम्बन्धी गम्भीर रोगको उपचारका लागि भरतपुर–घ, चितवन निवासी बीमित श्री महेश बानीयालाई रु. १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीले मिति २०८१ जेठ १० गते बुधबार हाकिमचोक शाखामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त बीमा दाबी रकम चेकमार्फत हस्तान्तरण गरेको हो।
बानीयाले दि.सं. २०७८ चैत्रमा हाकिमचोक शाखाबाट ६ वर्षको अवधि रहने गरी रु. १५ लाखको जीवन बीमा पोलिसी खरिद गरेका थिए। उनले केवल छ किस्ता बीमा शुल्क तिरेको अवस्थामा मिति २०८० पौष १६ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य जाँच गर्दा कलेजोमा समस्या देखा परेको थियो। त्यसपछि थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौ लगिएको थियो जहाँ चिकित्सकको सल्लाहअनुसार सोही मितिमा कलेजो प्रत्यारोपण गरिएको थियो।
नेपालमा कलेजो प्रत्यारोपण अत्यन्तै महँगो उपचार मानिन्छ जसमा झण्डै १५ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ। बानीयाले सो उपचारको जानकारी कम्पनीलाई समयमा नै गराएका थिए र सबै प्रक्रिया पुरा गरी आवश्यक कागजात पेश गरेका थिए। कम्पनीले पनि समयमै छानबिन गरी दाबी रकम स्वीकृत गर्दै हस्तान्तरण गरेको हो।
कार्यक्रमको अध्यक्षता हाकिमचोक शाखाका प्रमुख राजकुमार दाहालले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै बानीयाले जीवन बीमाले आफूसँग दुःखद घडीमा दिएको साथको प्रशंसा गर्दै बीमा सम्बन्धी बजारमा फैलिरहेका गलत हल्लाहरुलाई झुठो सावित भएको बताएका थिए। साथै उनले आफूलाई बीमा गराउन प्रेरित गर्ने बीमा अभिकर्ता श्रीमती सरस्वती गौतमलाई विशेष धन्यवाद दिंदै भविष्यमा अरूलाई पनि बीमाको दायरामा ल्याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागाईं, बिष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, जानकी शाह श्रेष्ठ लगायत अन्य कर्मचारी तथा स्थानियको उल्लेखनीय उपस्थिती रहेको थियो। वक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमाको अवस्था र भविष्यमा हुन सक्ने जोखिमको न्यूनीकरणमा बीमाको भूमिका बारे जोड दिए।