Date

बिहि, मंसिर ६, २०८१
Thu, November 21, 2024

रिलायन्स लाइफ इन्स्योरेन्सको औपचारिक शुभारम्भ

रिलायन्स लाइफ इन्स्योरेन्सको औपचारिक शुभारम्भ

काठमाडौं, १ मंसिर । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आजबाट औपचारिक सेवाको शुभारम्भ गरेको छ । कम्पनीले गत कात्तिक २६ गते बिमा समितिबाट कारोबार गर्ने अनुमति पाएको थियो । नयाँ बानेश्वरस्थित कृष्ण टावरको कार्यालयबाट कारोबार शुरु गरेको कम्पनीले नेपाली बिमा बजारमा उच्चस्तरीय सेवा दिने उद्देश्यका साथ आएको जनाएको छ । नेपालीहरुको आयस्तरसँगै देशको कुल ग्राहस्थ उत्पादनमा पनि वृद्धि भएकाले नयाँ विमा कम्पनीको आगामनले व्यवसाय विस्तारगर्न समेत मद्दत पुग्ने कम्पनीको अध्यक्ष ताराचन्द केडियाले बताए ।
कम्पनीले शुरुमा ३ वटा जीवन बीमा योजना र निकट भविष्यमा थप ४ वटा बीमा योजना सञ्चालनमा ल्याउने जनाएको छ । कम्पनीको अध्यक्षमा ताराचन्द केडिया र सञ्चालकहरुमा पवनकुमार अग्रवाल, भरतकुमार तोडी र सुन्दरप्रसाद कडेल रहेृका छन् । कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । उनको स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका बैंकहरुमा १२ वर्षको अनुभव रहेको छ । त्यस्तै कम्पनीको महाप्रबन्धकमा एस.के तमोट रहेका छन. । ५० वर्षको बिमा क्षेत्रमा अनुभव रहेका तमोट यसअघि सिद्धार्थ इन्स्योरेन्सका महाप्रबन्धक भएर कार्य गरिसकेका व्यक्ति हुन् ।
‘खुलेर जिऔं’ भन्ने नाराका स्थान सञ्चालनमा आएको यस कम्पनीमा १ सय १३ जना प्रबद्र्धकले १ अर्ब ४७ करोड रुपियाँ पुँजी लगाएका छन् भने बाँकी ६३ करोड रुपियाँ सर्वसाधारणमा साधारण शेयर जारी गरेर उठाइने छ । शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपियाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x