Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

नेपाल विद्युत् प्राधिकरणको ऐतिहासिक उपलब्धि: भारतबाट अहिलेसम्मकै सस्तो दरमा बिजुली आयात, महँगो दरमा निर्यात

नेपाल विद्युत् प्राधिकरणको ऐतिहासिक उपलब्धि: भारतबाट अहिलेसम्मकै सस्तो दरमा बिजुली आयात, महँगो दरमा निर्यात

काठमाडाैं, १३ जेष्ठ । नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा) ले भारतीय ऊर्जा बजारबाट अहिलेसम्मकै सस्तो मूल्यमा बिजुली आयात गर्न सफल भएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (Indian Energy Exchange – IEX) को रियल टाइम बजारबाट दिउँसोको समयमा प्रतियुनिट मात्र रु. १.१५ मा विद्युत् खरिद गरिएको हो।

ढकालले बताएअनुसार सो दिन भारतमा विद्युत् माग घट्नुका साथै सौर्य ऊर्जाबाट उत्पादन बढेका कारण यस्तो ऐतिहासिक सस्तो मूल्यमा बिजुली खरिद सम्भव भएको हो। प्राधिकरणले उक्त अवसरको सदुपयोग गर्दै ३,८४० मेगावाट-घण्टा बिजुली आयात गरेको जनाएको छ।

उक्त दिन साँझ नेपालले भारतलाई ५२७.५ मेगावाट विद्युत् प्रतियुनिट भारतीय रुपैयाँ ६.६० (नेपाली रुपैयाँ १०.५६) मा निर्यात गरेको समेत ढकालले जानकारी दिए।

प्राधिकरणका अनुसार, जेठ ३ देखि १० गतेसम्मको अवधिमा नेपालले भारतबाट २७,६४५.९४७ मेगावाट बिजुली औसत रु. ३.३७ प्रतियुनिट दरमा खरिद गरेको छ। उता, सोही अवधिमा नेपालले भारतलाई ८,४१७.५२५ मेगावाट बिजुली औसत रु. ५.५ प्रतियुनिट दरमा निर्यात गरेको छ।

यस हिसाबमा नेपालले औसत रु. ३.३७ मा किनेको बिजुलीलाई औसत रु. ५.१५ मा बेचिरहेको प्राधिकरणको दाबी छ।

ढकालका अनुसार हाल वर्षा सुरु भएसँगै जलाशयमा पानीको बहाव बढेको छ, जसले आन्तरिक उत्पादन बढाएको र पिक आवर (उच्च मागको समयमा) भारतलाई विद्युत् निर्यात गर्न सहज बनाएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *