आज नेपाली बजारमा सुनको भाउ घट्यो, चाँदीको भाउ भने बढ्यो

काठमाडाैं, १४ जेष्ठ । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ भने चाँदीको भाउ थोरै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,८९,३०० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १,९०,९०० रूपैयाँ थियो, जसअनुसार आज प्रतितोला १,६०० रूपैयाँले गिरावट आएको हो। मंगलबार पनि सुनको भाउ प्रतितोला २०० रूपैयाँले घटेको थियो।