Date

मङ्ल, जेष्ठ २०, २०८२
Tue, June 3, 2025

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्‍यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्‍यो

काठमाडाैं, १४ जेष्ठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। मंगलबार यो क्रमशः १३६ रुपैयाँ ०५ पैसा र १३६ रुपैयाँ ६५ पैसा थियो।

युरोपियन युरोको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ ८० पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा कायम भएको छ।

थाइ भाटको खरिददर ४ रुपैयाँ १६ पैसा र बिक्रीदर ४ रुपैयाँ १८ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ७३ पैसा रहेको छ।

यसका साथै, हङकङ डलरको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १९ पैसा, बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९८ पैसा, ओमनी रियालको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *