Date

बिहि, जेष्ठ १५, २०८२
Thu, May 29, 2025

भ्रमण भिसा विवादमा गृहमन्त्री संसद्मा जवाफ दिने, विपक्षीले अवरोधको चेतावनी

भ्रमण भिसा विवादमा गृहमन्त्री संसद्मा जवाफ दिने, विपक्षीले अवरोधको चेतावनी

काठमाडाैं, १४ जेष्ठ । भ्रमण भिसा विवादबारे उठेका प्रश्नहरूको जवाफ दिन गृहमन्त्री रमेश लेखक आजको संसद् बैठकमा बोल्ने कार्यक्रम तय भएको छ। तर, विपक्षी दलहरुले उनको सम्बोधनमा अवरोध गर्न सक्ने संकेत देखाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यो विषय विस्तारमा छलफल भएको र संसद्मा कडा धारणा राख्ने निर्णय भएको छ। उनले नेपाल न्युजसँग भने, “गृहमन्त्री आज सबै विषयमा जवाफ दिन तयार हुनुहुन्छ, तर सरकारको धारणा कसरी प्रस्तुत हुन्छ भन्ने आधारमा हाम्रो कदम तय हुनेछ।”

बालुवाटार बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए। विपक्षीहरूले सरकारको जवाफ सन्तोषजनक नभए संसद्मा विरोध जनाउने तयारी गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *