भक्तपुरमा बम फेला, नेपाली सेनाद्धारा डिस्पोजल

भक्तपुर २९ साउन ।  नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले  आफ्ना प्रवक्ता खड्क विश्वकर्मा प्रकाण्ड प्रकाउको विरुद्धमा नेपाल बन्द गरेको दिन एक विहानै भक्तपुरमा बम फेला परेको छ । भक्तपुरको लोकन्थलीमा भेटिएको बम  नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । मंगलबार बिहान स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए ।

खबर पाउनेवित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको थियो । अन्य ठाउमा पनि बम राखेको आशंकामा उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त सर्भिस ट्र्याक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको थियो । अहिले बम निस्क्रिय पारेपछि सडक सञ्चालनमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *