Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एडीबीको सहयोगमा कम कार्बन उत्सर्जन गर्ने, हाइटेक बस काठमाडौंमा सञ्चालन

एडीबीको सहयोगमा कम कार्बन उत्सर्जन गर्ने, हाइटेक बस काठमाडौंमा सञ्चालन

काठमाडौं, २९ साउन । बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंकले काठमाडौंको प्रदुषण न्यूनीकरणका लागि कम कार्बन उत्सर्जन गर्ने १७ बसहरु हस्तान्तरण गरेको छ । यी बसहरु काठमाडौंमा सञ्चालन हुनेछन् । २५ सीटे यी बसहरु गोंगबुदेखि सिनामंगल रुटका लागि सञ्चालन हुनेछन् । यस रुटमा २६ माइक्रोबस र ३५ टेम्पो विस्थापित गरी यी बस सञ्चालन हुन लागेका हुन् ।
यी बसहरु एसियाली विकास बैंकको दीगो सहरी यातायात परियोजना अन्तर्गत सञ्चालन हुन लागेका हुन् । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दीगो सहरी यातायात परियोजनाले कम कार्बन उत्सर्जन गर्ने सार्वजनिक सवारीसाधनहरुको प्रयोगलाई प्रोत्साहन गर्छ । यसले काठमाडौंमा सार्वजनिक यातायातको अवस्थामा पनि सुधार ल्याउने विश्वास गरिएको छ ।

जनसख्या वृद्धि, तीव्र सहरीकरण तथा बढ्दो संख्यामा सवारीसाधनले काठमाडौंमा ट्राफिक जाम, सवारी दुर्घटना, वातावरण प्रदुषणको समस्या बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा सार्वजनिक सवारी साधन सञ्चालनको अवस्था कमजोर देखिन्छ । एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभले प्रभावकारी सहरी यातायात विकासका लागि एसियाली विकास बैंकले यातायात व्यवस्था विभागसँग मिलेर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले एडीबीको यो प्रयास सार्वजनिक–निजी साझेदारीमा सहरी क्षेत्रमा सार्वजनिक सवारी साधन सञ्चालनमा सुधार ल्याउन अपरिहार्य रहेको तर्क राखेका थिए । प्रतिस्थापन गरिएका माइक्रोबस र टेम्पोका सञ्चालकहरु यो रुटमा बस सञ्चालनका लागि निजी कम्पनी दर्ताका लागि जुटेका छन् । यसका लागि सरकारद्वारा सञ्चालन गरिएको र एसियाली विकास बैंकले सहयोग गरिरहेको सहरी विकास कोषलेले सहयोग दिएको छ । ग्लोबल इन्भायरोमेन्ट फेसिलिटीबाट कम कार्बन उत्सर्जन गर्ने बसका लागि सहयोग प्राप्त भएपनि इक्विटी भने कम्पनी आफैंले राखेको हो ।
यस परियोजनाका निर्देशक अनन्त आचार्यले पुराना सवारी साधन प्रतिस्थापन गरी नयाँ बस कम्पनीमा सेयर लिएका प्रतिस्थापित माइक्रोबस र टेम्पोका सञ्चालकले यसबाट निरन्तर लाभांश प्राप्त गर्ने बताए । यो व्यवस्था यातायात सञ्चालक, यात्रु, वातावरण सबैका लागि उपयुक्त रहेको उनको भनाई थियो । यी बसहरु विकलांग मैत्री छन् भने यात्रुहरुले कार्डबाट पनि बसको भाडा तिर्न सक्छन् । यो परियोजनाले सहरी केन्द्रहरुमा ट्राफिक व्यवस्थापन र पैदलयात्रुहरुका लागि उपयुक्त सडक पेटीको व्यवस्था गर्नेछ । यसका लागि एडीबीले २ करोड २३ लाख डलर सहयोग दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x