Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भन्सार प्रणालीमा सुधार,विकास खर्चमा उत्साहजनक वृद्धि

भन्सार प्रणालीमा सुधार,विकास खर्चमा उत्साहजनक वृद्धि

काठमाडौं, २९ साउन ।  प्रभावकारी काम गर्न नसकेको अलोचना भइरहेको बेला सरकारले आफ्ना पाँच महिनाका उपलब्धी र अव गर्ने कामका विषयहरु सार्वजनिक गरेको छ ।  ७८ पुष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गर्दै सरकारले विकास निर्माणमा ढिलासुस्ती हटाएको,  यातायत सिन्डीकेटको अन्त्य गरेको, सुन तस्करी नियन्त्रण  औचित्यहिन विदेश भ्रमण नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता तथा सुरक्षाकर्मी दुरुपयोगको अन्त्य गरेको दाबी गरेको छ । यस्तै, पेट्रोलियम चुहावट रोक्नका लागि लकिङ प्रणालीको सुरुवात, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणालीको थालनी भएको जनाइएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गरेको, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदन स्वीकृत, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ५२ प्रतिशत भएको प्रगतिलाई पनि उपलब्धिमा राखिएको छ । प्रधानमन्त्रीको भारत र चीन भ्रमणबाट छिमेक सम्बन्ध नयाँ उचाइमा पुगेको, चीनसँगको पारवहन ढुवानी सम्झौताको बैठक सम्पन्न, विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुको नेतृत्वमा नेपाल निर्वाचित भएको, जलमार्गका लागि स्थलगत अध्ययन, उर्जा उत्पादनमा बाह्य सहयोग लगायतलाई सरकारले आफ्नो कूटनीतिक उपलब्धि मानेको छ । लक्ष्यभन्दा बढी राजश्व संकलन, भन्सार प्रणालीमा सुधार, विकास खर्चमा उत्साहजनक वृद्धि, पूँजी बजारमा डिजिटल पेमेन्ट, श्रमिकलाई बैंकबाट तलब, बक्स अफिस प्रणालीलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

यस्तै, सडक र रेल पूर्वाधार निर्माणको कार्य तीव्र गतिमा भइरहेको, एकीकृत भन्सार चौकी निर्माण, अरुण तेस्रो जलविद्यूत परियोजनाको शिलान्यास, सिंहदरबार परिसरका भवनहरुमा १ मेगावाट सौर्य विद्युत प्रणाली जडान, उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण शैक्षिक ऋणको कार्य्विधि निर्माण, पत्रकार वृत्तिकोष स्थापना, औषधिको मूल्य निर्धारण सम्बन्धि कार्यविधि तयारलाई पनि उपलब्धि मानेको छ । यस्तै, कुल १८७ वटा तुइन रहेकोमा ९० स्थानमा तुईन प्रतिस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र ४४ स्थानमा तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणधीन अवस्थामा रहेको सरकारले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x