Date

बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

कृषि आधुनिकीकरण कार्यक्रमलाई तीन अर्ब ५० करोड बजेट विनियोजन

कृषि आधुनिकीकरण कार्यक्रमलाई तीन अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ। सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका कार्यक्रमलाई तीन अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको आय व्यय (बजेट) पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत कृषि तथा पशुपालन तर्फमा २१ सुपर जोन र २ सय जोनमा सिचाँइ, मल र बीउ र प्रविधिको लागि पुँजीगत अनुदान दिन बजेट विनियोजनकाे घाेषणा गरेका हुन् ।

साथै चार हजार ८ सय ५० हेक्टर क्षेत्रमा उन्नत प्रविधि सहित १५ बालीको क्षेत्र बिस्तार गर्ने सरकारी तयारी छ। साना सिचाई पुर्वाधार विकास गरेर थप ६ हजार हेक्टरमा सिचाइ सुविधा उपलब्ध हुने सरकारले उल्लेख गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *