नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १४४.२३ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणको तथ्यांक

काठमाडाैं, १५ जेष्ठ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार, २०८१ साल फागुनको अन्त्यसम्म (मार्च १३, २०२५) नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १४४.२३ प्रतिशत पुगेको छ। यसको अर्थ नेपालमा जनसंख्याभन्दा बढी मोबाइल र इन्टरनेट कनेक्शनहरू पुगेका छन्, जुन सूचना प्रविधिको पहुँच गाउँघरसम्म विस्तार भएको संकेत हो।
अर्थमन्त्री पौडेलले सर्वेक्षणमा उल्लेख गरेअनुसार, तीनै तहका सरकारहरूमा सूचना प्रविधिको पहुँच विस्तार भइसकेको छ भने स्थानीय तहका ६,५६६ वडामा ब्रडब्यान्ड इन्टरनेट सेवा पुर्याइएको छ। यसका साथै, हाल ७२ प्रतिशत घरधुरीले डिजिटल टेलिभिजन सेवा प्रयोग गरिरहेका छन्।