Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

डिजिटल भुक्तानीमा लाग्दै आएको १३ प्रतिशत भ्याट हट्यो, ग्राहकका लागि शुल्क सस्तो

डिजिटल भुक्तानीमा लाग्दै आएको १३ प्रतिशत भ्याट हट्यो, ग्राहकका लागि शुल्क सस्तो

काठमाडौं, १६ जेष्ठ । सरकारले डिजिटल भुक्तानीमा लागू हुँदै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेसँगै शुक्रबारदेखि नै ग्राहकका लागि डिजिटल कारोबारको शुल्क घटेको छ।

विगतमा भुक्तानी प्रदायक संस्थाहरू (Payment Service Providers) ले लिने राफसाफ शुल्क (settlement fee) मा भ्याट जोडिन्थ्यो। यो व्यवस्था निवर्तमान अर्थमन्त्री वर्षमान पुनले २०८१ साउन १ गतेदेखि लागू गरेका थिए। तर बिहीबार संसदमा नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल भुक्तानीमा लाग्ने भ्याट खारेज गर्ने घोषणा गरेपछि शुल्कमा प्रत्यक्ष प्रभाव परेको हो।

अब कति शुल्क घट्यो?
भ्याट हटेसँगै भुक्तानी सेवा प्रदायकहरूले शुक्रबारबाटै सेवा शुल्क घटाएका छन्। उदाहरणका लागि:
 मोबाइल बैंकिङ र फोनपेबाट भुक्तानी गर्दा हिजोसम्म ११ रुपैयाँ ३० पैसा लाग्थ्यो, अब १० रुपैयाँमा घटेको छ।
कनेक्ट आईपीएस (Connect IPS) को शुल्क ९ रुपैयाँ ४ पैसा बाट घटेर ८ रुपैयाँमा झरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *