Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

मदिरा, बियर र चुरोटको भन्सार शुल्कमा ठूलाे परिवर्तन, महँगो मदिरामा १०० प्रतिशत भन्सार लाग्ने

मदिरा, बियर र चुरोटको भन्सार शुल्कमा ठूलाे परिवर्तन, महँगो मदिरामा १०० प्रतिशत भन्सार लाग्ने

काठमाडौं, १६ जेष्ठ । सरकारले ल्याएको नयाँ आर्थिक विधेयकमार्फत मदिरा, बियर र चुरोटजन्य वस्तुहरूको भन्सार नीति ठूलाे रूपले परिवर्तन गरेको छ। बिहीबारदेखि लागु हुने यो नीति अनुसार अब मदिरामा लिटरको आधारमा होइन, मूल्यको आधारमा भन्सार शुल्क लिइने भएको छ।

अर्थ मन्त्रालयका अनुसार विगतमा जुनसुकै प्रकारका आयातित मदिरामा प्रतिलिटर २ हजार रुपैयाँ भन्सार शुल्क लाग्थ्यो। अब नयाँ नीतिअनुसार मदिरामा मूल्यकै १०० प्रतिशत भन्सार लाग्नेछ। उदाहरणका लागि, ५ सय रुपैयाँ मूल्यको मदिरामा ५ सय रुपैयाँ भन्सार र १० हजार रुपैयाँ मूल्यको मदिरामा १० हजार रुपैयाँ भन्सार लाग्नेछ। यस परिवर्तनसँगै कम मूल्यका मदिरा सस्तो हुने र महँगो मदिराको मूल्य उल्लेख्य रूपमा महँगो हुने देखिएको छ।

वाइन र बियरमा पनि फरक भन्सार नीति:
यसअघि वाइनमा प्रतिलिटर ३ सय रुपैयाँ भन्सार शुल्क लिइन्थ्यो, अब लागत मूल्यको ८० प्रतिशत लाग्ने भएको छ। बियरमा पनि प्रतिलिटर २ सय रुपैयाँ लाग्थ्यो, अब लागत मूल्यको ८० प्रतिशत भन्सार शुल्क लाग्नेछ।

साथै, बियर र मदिराको अन्तशुल्क (excise duty) पनि केही बढाइएको सरकारको भनाइ छ। सरकारले यो नीति महँगो मदिरा उत्पादन गर्ने स्वदेशी उद्योगलाई सहयोग पुग्ने दाबी गरेको छ।

चुरोट, सिगार र निकोटिनयुक्त वस्तुमा पनि भन्सार बढ्यो:
चुरोटको भन्सार शुल्क प्रतिखिल्ली ४ रुपैयाँ ५० पैसाबाट बढाएर ५ रुपैयाँ ५० पैसा पुर्‍याइएको छ।
सिगारको भन्सार प्रतिखिल्ली ९ रुपैयाँबाट बढाएर ११ रुपैयाँ बनाइएको छ। निकोटिन पाइने चुइंगमजस्ता वस्तुमा ४० प्रतिशत भन्सार र ४० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *