Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

रासायनिक मल खरीदका लागि आगामी वर्षमा २८ अर्ब ८२ करोड बजेट, ६ लाख मेट्रिक टन मल आयात गरिने

रासायनिक मल खरीदका लागि आगामी वर्षमा २८ अर्ब ८२ करोड बजेट, ६ लाख मेट्रिक टन मल आयात गरिने

काठमाडौं, १६ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मल खरीदका लागि २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान विनियोजन गरेको छ। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मलको मात्रा ६ लाख मेट्रिक टन पुर्‍याइने घोषणा गरेका हुन्।

अर्थमन्त्री पौडेलले भने, “रासायनिक मल आपूर्तिको सुनिश्चितताका लागि २८ अर्ब ८२ करोड रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ।” साथै, नेपाल लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक तयारी अगाडि बढाइने जानकारी दिए।

माटोको गुणस्तर जोगाएर कृषि उत्पादन वृद्धि गर्न सरकारले जैविक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री पौडेलका अनुसार कृषि उत्पादन प्रवर्द्धनका लागि मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग आसपास विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *