Date

आइत, जेष्ठ १८, २०८२
Sun, June 1, 2025

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडाैं, १६ जेष्ठ । मिति २०८२ साल जेठ १४ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई HAMS अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पताल को तर्फबाट कार्यकारी निर्देशक भुवन चक्र जोशीले हस्ताक्षर गरेका थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *