११ जना एसएसपी नेपाल प्रहरीको डीआईजीमा बढुवा, प्रहरी प्रधान कार्यालयको सूचना जारी

काठमाडाैं, १६ जेष्ठ । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूको बढुवा र पदस्थापन गरिएको जानकारी दिएको हो।
बढुवा हुने प्रहरी अधिकृतहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्।
नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूको बढुवा र पदस्थापन गरिएको जानकारी दिएको हो।
बढुवा हुने प्रहरी अधिकृतहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको सिफारिस र कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूको बढुवा निर्णय गरिएको हो। साथै, बढुवासँगै नयाँ पदस्थापनसमेत तय गरिएको छ।