आन्दोलनका कारण पोखराको जनजीवन प्रभावित

पोखरा, २० जेष्ठ । । यातायात व्यवसायीहरुको आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन प्रभावित भएको छ । विशेषगरि पोखराको पर्यटन क्षेत्र बढी प्रभावित छ .
पोखरा आसपास र लामो दुरीका सवारी साधनहरु न्युन मात्रामा गुडेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको ‘ राइड सेयरिङ’ ऐनका कारण आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु पोखरा र काठमाडौंलाई केन्द्रित गरेकाले पोखरा बढी प्रभावित छ ।