Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

‘मैले कहिल्यै भ्रष्टाचार गरेको छैन’ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रतिक्रिया

‘मैले कहिल्यै भ्रष्टाचार गरेको छैन’ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रतिक्रिया

काठमाडाैं, २२ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि दायर भएको भ्रष्टाचार मुद्दाप्रति प्रतिक्रिया दिँदै आफू कहिल्यै भ्रष्टाचारमा संलग्न नभएको दाबी गरेका छन्।

रौतहटमा पार्टी नेताहरूसँगको भेटवार्ताका क्रममा बोल्दै उनले विगतमा कुनैपनि अवस्थामा आफूले गलत कार्य नगरेको र सधैं सुशासन र पारदर्शिताको पक्षमा उभिएको बताए। “मैले कहिल्यै भ्रष्टाचार गरेको छैन। मलाई कसैले भ्रष्ट प्रमाणित गर्न सक्दैन,” नेपालले भने।

उनले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको खबर प्राप्त भएपछि तत्कालै काठमाडौं फर्कने तयारीमा रहेको जानकारी दिए। “काठमाडौं फर्किँदैछु, सत्यको सामना गर्न म सधैं तयार छु,” उनले भने।

पूर्वप्रधानमन्त्री नेपालको यो भनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले पतञ्जली योगपीठसँग सम्बन्धित विवादास्पद जग्गा प्रकरणमा उनलाई समेत संलग्न देखाउँदै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आएको हो।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेपलाञ्चोकको बञ्चा गाउँमा ८१५ रोपनी जग्गा औषधीय र शैक्षिक प्रयोजनका लागि विशेष छुटमा दिने निर्णय गरेको थियो। तर, सो जग्गा केही समयमै बिक्री गरिएको पाइएको छ, जसलाई कानुन उल्लङ्घन भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *