Date

बुध, जेष्ठ २८, २०८२
Wed, June 11, 2025

दश महिनामा आन्तरिक कर्जा २.१ प्रतिशतले वृद्धि, सरकारमाथिको दाबीमा उल्लेखनीय गिरावट

दश महिनामा आन्तरिक कर्जा २.१ प्रतिशतले वृद्धि, सरकारमाथिको दाबीमा उल्लेखनीय गिरावट

काठमाडाैं, २७ जेष्ठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मुलुकको कुल आन्तरिक कर्जा २.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो वृद्धिदर अघिल्लो वर्षको सोही अवधिमा देखिएको २.८ प्रतिशतको तुलनामा कम हो।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा २०८२ सालको वैशाख मसान्तसम्म आन्तरिक कर्जा ५.४ प्रतिशतले वृद्धि भएको छ। यसले आन्तरिक स्रोतबाट सरकारले उठाएको कर्जामा स्थिरता देखिएको संकेत गर्छ।

यता, समीक्षावधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी भने २४.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दाबी १२.० प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत हिसाबले हेर्दा, २०८२ वैशाख मसान्तसम्म यो दाबी १०.५ प्रतिशतले घटेको देखिएको छ। यसले सरकारको ऋणप्रति निर्भरता केही कम भएको संकेत दिन्छ।

त्यस्तै, निजी क्षेत्रमाथिको मौद्रिक क्षेत्रको दाबी भने उकालो लागेको छ। समीक्षावधिमा यस्तो दाबी ७.६ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.७ प्रतिशत थियो। बिन्दुगत आधारमा वैशाख मसान्तसम्म यो दाबी ८.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *