राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ज्ञवालीले दोस्रो पटक सम्हाले पदभार
काठमाडौं, ३१ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक नियूक्त भएका सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन्। आज प्राधिकरणका कर्मचारीले उनलाई कार्यालयमा स्वागत गरे ।
करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीललाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पुनः प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गरेको थियो ।
सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए। त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो।