Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

नेपाल–भारतबीच गहिरो सहकार्य र समृद्धिको सम्भावना : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

नेपाल–भारतबीच गहिरो सहकार्य र समृद्धिको सम्भावना : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडाैं, २९ जेष्ठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा समृद्धि हासिल गर्न गहिरो आपसी सहकार्य र सञ्जाल विस्तार आवश्यक रहेको बताएकी छन्।

काठमाडौंमा आयोजित नेपाल–भारत रणनीतिक संवाद (Nepal–India Strategic Dialogue) मा बोल्दै मन्त्री राणाले व्यापार, पारवहन (transit) र लगानी सम्बन्धलाई अझ मजबुत बनाउन आर्थिक तथा पूर्वाधार क्षेत्रमा गहिरो जोड आवश्यक रहेको औँल्याइन्।

उहाँले यस्तो भविष्यको परिकल्पना गर्नुभयो, जहाँ नेपाली अदुवा जस्ता उत्पादनहरू २४ घण्टाभित्र भारतीय बजारमा पुग्नेछन् र भारतीय पर्यटकहरू दिल्लीबाट पोखरा उडान भरेर एकै दिनमा गन्तव्यमा पुग्न सक्नेछन्। ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध नै नेपाल–भारतबीचको आपसी सहकार्यको बलियो आधार भएको उल्लेख गर्दै उहाँले ती सम्बन्धहरूलाई अझ घनिष्ट बनाउन जोड दिनुभयो।

परराष्ट्रमन्त्री राणाले सडक, रेल, जलमार्ग, हवाई मार्ग र डिजिटल पूर्वाधारमा लगानी वृद्धि गर्न आह्वान गर्दै सहज सञ्जालले सीमा पारको व्यापार, पारवहन तथा क्षेत्रीय आपूर्ति श्रृंखला (regional supply chains) लाई बलियो बनाउन सहयोग गर्ने बताइन्।

ऊर्जाका क्षेत्रमा नेपाल–भारत सहकार्य सफल भइरहेको उल्लेख गर्दै उहाँले आगामी दस वर्षमा भारतले नेपालबाट १०,००० मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धता नै दिगो ऊर्जागत सम्बन्धको प्रमाण भएको बताइन्।

डिजिटल अर्थतन्त्र, नवप्रवर्तन (innovation), आधुनिक शिक्षा तथा सीप विकासमा दुबै देशको साझा ध्यान केन्द्रित हुनु पर्नेमा समेत उनले जोड दिए। भारतको प्रविधिगत क्षमता र नेपालको युवाशक्ति सहकार्यको बलियो आधार भएको उल्लेख गर्दै उहाँले दुबै देश मिलेर प्रविधि केन्द्र (tech hubs) र स्टार्टअपहरूमा सहकार्य गर्न सकिने बताइन्।

अन्त्यमा, नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद मा भारतले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री राणाले यस्ता संवादका माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ बलियो हुने, विचारहरूको आदानप्रदान बढ्ने र जनस्तरमा सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *