Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा, ३० जेष्ठ । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् ।

प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *