नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमय दर सार्वजनिक गर्यो

काठमाडाैं, ३० जेष्ठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ निर्धारण गरिएको छ।
युरोपियन युरोको खरिददर १५८.४५ रुपैयाँ र बिक्रीदर १५९.१४ रुपैयाँ रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर १८५.६७ रुपैयाँ र बिक्रीदर १८६.४८ रुपैयाँ रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १६८.२५ रुपैयाँ र बिक्रीदर १६८.९९ रुपैयाँ रहेको छ।
अष्ट्रेलियन डलरको खरिददर ८९.०३ रुपैयाँ र बिक्रीदर ८९.४२ रुपैयाँ छ भने क्यानाडियन डलरको खरिददर १००.२६ रुपैयाँ र बिक्रीदर १००.७० रुपैयाँ रहेको छ। सिंगापुर डलरको खरिददर १०६.८७ रुपैयाँ र बिक्रीदर १०७.३३ रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन (१० येन) को खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ छ। चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ छ।
साउदी अरेबियन रियालको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ रहेको छ भने कतारी रियालको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ छ।
त्यस्तै, थाइ बातको खरिददर ४.२२ रुपैयाँ र बिक्रीदर ४.२३ रुपैयाँ छ। युएई दिरामको खरिददर ३७.२१ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ छ। मलेसियन रिङ्गिटको खरिददर ३२.३८ रुपैयाँ र बिक्रीदर ३२.४२ रुपैयाँ निर्धारण गरिएको छ।
दक्षिण कोरियन वोन (१०० युनिट) को खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ रहेको छ। स्विडिश क्रोनाको खरिददर १४.५० रुपैयाँ र बिक्रीदर १४.५६ रुपैयाँ रहेको छ। डेनिस क्रोनाको खरिददर २१.२४ रुपैयाँ र बिक्रीदर २१.२३ रुपैयाँ रहेको छ।
हङकङ डलरको खरिददर १७.४१ रुपैयाँ र बिक्रीदर १७.४९ रुपैयाँ छ। कुवेती दिनारको खरिददर ४४६.७५ रुपैयाँ र बिक्रीदर ४४८.७१ रुपैयाँ रहेको छ।
बहरैनी दिनारको खरिददर ३६२.४० रुपैयाँ र बिक्रीदर ३६४.०० रुपैयाँ छ भने ओमानी रियालको खरिददर ३५४.९७ रुपैयाँ र बिक्रीदर ३५६.५३ रुपैयाँ रहेको छ।
भारतिय रुपैयाँ (१०० युनिट) को खरिददर १६०.०० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ निर्धारण गरिएको छ।